कैलालीमा झन्डै तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ

कैलाली:

कैलाली प्रहरीले शंकाका आधारमा एम्बुलेन्स चेकजाँच गर्ने क्रममा चरेश सहित युवकलाई पक्राउ गरेका हुन् ।पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिएका छन् ।

 

उनकाअनुसार खातीले चलाएको सुपप्र ०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा दुई किलो आठ सय ग्राम लागुऔषध चरेस बरामद गरिएकोजनाएका छन् ।

 

एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित