बेलडाँडी, २५ मंसिर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र बेलौरी नगरपालिका १० शिवनगरमा संचालित उखुमिलको नियमलाई किसानले नै नमान्दा किसान आफैलाई समस्या हुन थालेको छ ।
उखु मिलमा किसानले उखु ल्याउन मिलबाट पर्ची लिनु पर्ने हुन्छ, तर मिल चलेको शुरुको हप्ता किसानले मानोगत तरिकाले उखुकाटेर मिल ल्याउदा आफैलाई समस्या हुन थालेको छ । मिलले मिलको क्षमता अनुसरा उखु पेलेकै हुन्छ । तर किसान अन्य खेति गर्नका लागि आतिन्छ र विना पर्चि उखु काटेर मिलमा ल्याउने काम गर्नाले आनावश्यक मिल भएको ठाउँमा भिड हुने गरेको छ । सडकमा ट्रलीहरुको लामो लाइनले व्यापार व्यवसायमा समेत समस्या देखिन थालेको छ ।
मिलले चालन भएपछि मात्र उखु काट्नु होला भन्दै बारम्वार सूचना जारी गर्दै आएका छन् । फेरि पनि किसानले मनपरि गरिरहेको मिलले जनाएको छ । महाकाली सुगर मिलले २ दिनसम्म चलान नदिने भएको छ । सडकमा भएको लामो लाइन घटाएर मात्र मिलले पर्ची बितरण गर्ने तयारी रहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालयले सडकमा दुर्घटना हुन सक्ने भन्दै उक्त ठाउँमा ट्रफिक प्रहरी परिचालन गरेको छ ।
Discussion about this post