बेलडाँडी गाउँपालिका प्रमुख रानाको पहलमा आँखा उपचार केन्द्र स्थापना गरिदै, पहिलो दिन निशुल्क सेवा दिइने

बेलडाँडी/ २९ मंसिर । कञ्चनपुरको बेलडाँडीमा गाउँपालिका प्रमुख रानाको पहलमा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ ।

 

पालिका अध्यक्ष हरिशचन्द्र रानाको अथक प्रयासले बेलडाँडीमा पौष १ गते देखि नियमित आँखा उपचार सेवा स्थापना गरि सेवा दिने तयारी पुरा भएको अध्यक्षको निजि सचिवालयले जनाएको छ ।

 

सचिवालयका अनुसार बेलडाँडीका आँखा विरामीहरुले धनगढी महेन्द्रनगर धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यहि उपचार केन्द्र स्थापना गरेको बताए । १ गते उपचार केन्द्रको संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिंह बिष्टद्वारा उदघाटन गरिने कार्यक्रम समेत तय भएको छ ।

 

पालिकाले आज शुक्रवार एक विज्ञप्ती जारी गर्दै पौंष १ गते आँखा उपचार केन्द्रको उदघाटन गरिने र सोहि दिन सर्वसाधारणका लागि निशुल्क आँखा उपचार सेवा दिइने जनाएको छ ।

 

विज्ञप्तीमा यस्तो भनिएको छ – प्रस्तुत विषय सम्बन्धमा यस बेलडाडी गाउँ पालिकाको आर्थिक सहयोगमा स्थापना हुन गईरहेको आखाँ उपचार केन्द्रको तपसिलको मिति, समय र स्थानमा उपचार केन्द्रको उदघाटन तथा उक्त दिन आखाँ जाँच सेवा तपसिलको मिति समयमा निशुल्क उपल्ब्ध हुने भएकोले उक्त मौकाको फाईदा लिन हुनका साथै उक्तकार्यक्रममा उपस्थित भई दिन हुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकासित गरिएको छ ।

 

स्थानः बेलडाँडी गाउँ पालिकाको पछाडी, आखा उपचार केन्द्र भवनमा । मिति : २०८० पौष०१ गते दिउसो १ बजे । समय ः दिउसो १ः०० बजे देखि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित