बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा सम्पन्न चौथो भानु कपको हिरो बेलडाँडीका धिरेन्द्र शाह बनेका छन् । आयोजक भानु युवा क्लबबाट फरवार्ड खेलेका बेलडाँडीका शाह प्रतियोगिताकै उत्कृष्ट फरवार्ड घोषित भएका हुन् ।
शाहका कारण प्रथम उपाधि आयोजक न्यू भानु युवा क्लबले सुरक्षित गरेको थियो । न्यू भानु युवा क्लबले त्रिभुवन युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि सुरक्षित गरेको थियो । उत्कृष्ट फरवार्डको प्रमाण पत्र सहित नगद ५ हजार समेत शाहले प्राप्त गरेका थिए ।
अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको फाईनल खेलमा त्रिभुवनका डिफेन्डर बिवेक सुनारले डिफेन्स लिने क्रममा सुसाइड गोल हुन पुग्दा भानु युवा क्लबले १ गोल सहितको खाता खोलेको थियो । लगत्तै भानु युवा क्लबका खेलाडी धिरेन्द्र शाहले दोस्रो गोल गर्दै भानु युवा क्लबलाई २ गोलको अग्रता दिलाएका थिए ।
मध्यान्तरपछि त्रिभुवन युवा क्लबले एक गोल फर्काए पश्चात खेल निकै नै रोमान्चक बनेको थियो । तर बेलडाँडीका खेलाडी धिरेन्द्र शाहले मध्यान्तर अघि प्रहार गरेको दोस्रो गोल नै आयोजक क्लबका लागि विजेताको निर्णायक बन्न पुगेको थियो । उनको जवाफी गोल फर्काउन नसक्दा त्रिभुवन युवा क्लब २–१ गोल अन्तरले उपविजेतामै सीमित हुनुपर्यो ।
शाहकै कारण विजेता भएको भानु युवा क्लबले उपाधिसँगै नगद १ लाख ५०;हजार रुपैंया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो । आयोजकले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि त्रिभुवन युवा क्लबका खेलाडी सुदिप घर्तीलाई घोषित गर्यो ।
को हुन त बेलडाँडीका शाह ?
खेलकुदका हिसावले अत्यन्तै दुर्गम मानिने कञ्चनपुरको बेलडाँडीमा जन्मेका धिरेन्द्र शाह नव उदयमान खेलाडी हुन् । पछिल्लो समय फुटवलमा आफ्नो भविष्य खोज्न सक्छु भनेर दिनप्रतिदिन आफ्नो कलालाई धारिलो पार्दै आत्मबलका साथ अघि बढेका शाहले विभिन्न पुरुस्कार तथा प्रमाण पत्र हात पारिसकेका छन् । गरिब घरमा जन्मेका शाहमा अन्तराष्ट्रिय खेलखेल्न सक्ने कला झल्किने गरेको छ ।
उनले नाइन्थ नेशनल, नेपालकै दोस्रो चरणको खेल (नेशनल बि डिभिजन लिग) खेल खेलिसकेका छन्, यस्तै उनले तमाम सानाठुला खेल खेलिसकेका छन् । पछिल्लो समयमा ए डिभिजन खेल्नको लागि आफुले तयारी गरिरहेको शाहले बताएका छन् ।
अहिले आफु सुदूरपश्चिम खेलकुदक फुटवल क्याम्पमा बसेको बताउदै तत्काल फारवेष्ट पशुपति कपको तयारी गरिरहेको जनाए ।
Discussion about this post