कैलाली बाट लागूऔषधसहित दुईजना पक्राउ

 कैलाली:

कैलालीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

 

जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ बाट ८३० मिलिग्राम खैरो हेरोईन सहित सोही ठाँउका २६ वर्षीय शंकर खत्री शुक्रवार दिउँसो पक्राउ परेका हुन्।

 

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले खत्रीलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।यस्तै लम्कीचुहा नगरपालिका–५ चौरीबाट १७० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय कमल रावललाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ।

 

रावललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीलेजानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित