बेलाैरीमा गुडिरहेको स्कार्पियोमा आगलागी

केशव थापा/बेलडाँडी – कञ्चनपुरको बेलौरीमा गुडिरहेको स्कार्पियोमा आगलागी भएको छ । बेलौरी नगरपालिका –८ कानपुरका स्थानीय भुपेन्द्र ठगुन्नाको सु प प्र ०१००१ च ३५८२ नम्बरको स्कार्पियोमा आगलागी भएको हो ।

 

स्कार्पियोमा बेलडाँडीबाट घर तर्फ गैरहेका ठगुन्नाको स्कार्पियोमा एक्कासी आगलागि भएको थियो । चलिरहेको स्कार्पियोमा एक्कासी तार सर्ट भइ आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैशीका अनुसार आगलागी हुदा चालक ठग्गुन्ना भने स्कार्पियोबाट बाहिर निस्किन सफल भएका थिए । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्कार्पियोको आगाडी पुरै जलेको छ । गाडी भित्र रहेको आइफोन र अर्को स्माट फोन भने जलेर नष्ट भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित