कैलालीमा एउटा गाउँ नै लुटियो, भारतिय महिलाबाट

 कैलाली:

कैलालीमा एउटा गाउँ नै लुटिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका स्थानीय महिलाबाटै लुटिएका छन्।ती गाउँका करिब २० परिवार भारतीय एक महिलाबाट लुटिएका हुन्। हरेक घरबाट डेढ तोलाका दरले ती महिलाले सुन संकलन गरेर अहिले फरार भएको पीडितहरुले गुनासो पोखेका छन्।

 

नाम, ठेगाना नखुलेकी ती भारतीय महिलाले पुरुष घरमा नभएका परिवारका महिलालाई निसाना बनाएर सुन, चाँदी, तामा, काँसा, पित्तल लगेर फरार भएकी हुन् ।पुरुष काम विशेषले बाहिर भएका महिलाहरुलाई निसाना बनाएर ती महिलाले बल्मीका करिब २० परिवारलाई ठगेको स्थानीय अशोक रोकायले जानकारी दिएका छन्।

 

‘आफु काम विशेषले बाहिर भएको बेला मेरै घरका सदस्यलाई विभिन्न प्रलोभनमा पारेर डेढ तोला सुन, तामा, चाँदी, काँसाका कचौरा, लोटा लिएर फरार भएकी छन्।’

भारतीय मुलकी ती महिलाले सुरुमा पुराना भाडा लिएर नयाँ भाडा निःशुल्क रुपमा दिने कार्यबाट ठगीको योजना बनाएको भन्ने आएको छ। कुनै महिलाबाट सुरुमा दुई हजार नगद मागेर अर्कोदिन त्यो भन्दा बढी पैसा दिएर पनि ठगीको योजना बनाएको खुल्न आएको छ। यसैगरी एक तोला सुन दियो भने दुई तोला पाइने भन्दै ग्रामीण समुदायका महिलालाई विभिन्न प्रलोभनमा पारेर ठगी गरेको स्थानीयको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित