महाकाली बहुमुखी क्याम्पसको चौथो साधारणसभा सम्पन्न अध्यक्षका लागी पुनः बिष्ट सिफारिस 

माधब पौडेल/०७पौष।कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको चौथो साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले हरेन्द्र सिंह बिष्ट लाई पुनः अध्यक्षका लागि  सर्वसम्मत छनोट गरि त्रिभुवन विश्वबिधालयमा सिफारिस गरेको छ।

शनिबार सम्पन्न चौथो साधारणसभाको सभापति महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र सिंह बिष्ट,प्रमुख अतिथि बेलौरी नगरपालिका कार्यालयका नगरप्रमुख पोतिलाल चौधरी ,विशिष्ट अतिथी प्रेम सिंह बोहरा,हर्क सिंह बोहरा लगायत क्याम्पसका सम्पूर्ण आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा आर्थिक बर्ष २०७९/०८०को आर्थिक प्रतिबेदन र वाषिर्क प्रतिबेदन क्याम्पस प्रमुख धर्मराज जोशीले प्रस्तुत गर्नुभएको थियो।क्याम्पसमा हालसम्म १२३ जना आजिवन सदस्य र १ जना स्वबियु सभापति रहेको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो।

महाकाली बहुमुखी क्याम्पस २०६४मा सञ्चालन भएको महाकाली बहुमुखी क्याम्पसमा अहिले स्नातकोत्तरसम्म पढाई भइरहेको छ। कार्यक्रम सञ्चालन क्याम्पसका प्राध्यापक चन्द्र प्रसाद पोखरेलले गर्नुभएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *