चितवन मा महिलाको नाममा नक्कली फेसबुक आईडी बनाएर रकम ठगी गर्ने ३ जना पक्राउ

चितवन:

चितवन महिलाको नाममा नक्कली फेसबुक आईडी खोली रकम ठगी गरेको आरोपमा तीन जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका(१३ का २० वर्षीय प्रवेश रिमाल, कास्की पोखरा महानगरपालिका(२९ बस्ने २२ वर्षको अनुराग घिमिरे र सिराहा लाहान नगरपालिका(१ का १९ वर्षीय युनिक सिंह रहेका छन् ।चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार बुधबार चार वटा मोबाइल फोन सेट र ७६ हजार रूपैयाँ नगदसहित उनीहरूलाई भरतपुरबाट नियन्त्रणमा लिइएका छन् ।

 

महिलाको नाममा उनीहरूले फेक अकाउन्ट बनाएर पुरुषहरूलाई साथी बनाउने र भिडिओ च्याटमा कुराकानीसँगै अश्लील भिडिओ तथा फोटो बनाएर ब्ल्याकमेलिङ गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित