लागुऔषधदेखि घरेलु हिंसा नियन्त्रणसम्म बेलडाँडी प्रहरीको सक्रियता

बेलडाँडी । बेलडाँडी प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण, अवैध भन्सार छलीका सामानको ओसारपसार रोकथाम, चोरी-डकैती नियन्त्रण तथा महिला र घरेलु हिंसा न्यूनीकरणका लागि आफ्नो सक्रियता बढाएको छ।

प्रहरीले सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दासँग नियमित भेटघाट, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै प्रहरीले सम्भावित अपराध तथा सामाजिक विकृति नियन्त्रणका लागि विभिन्न क्षेत्रमा निगरानी र जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको छ।

बेलडाँडी क्षेत्रका बेलडाँडी, गौडी, इमिलिया, झिलमिला, बैबाह, भुडा-शिवनगर, खैरिघाँट, कमरी तथा बेलौरी नगरपालिका-९ र १० लगायतका क्षेत्रमा प्रहरीले लागुऔषध नियन्त्रण, अवैध भन्सार छलीका सामान रोकथाम, चोरी-डकैती नियन्त्रण तथा महिला तथा घरेलु हिंसा रोकथामसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रहरीले विशेषगरी युवालाई लक्षित गरी लागुऔषधको दुरुपयोगबाट हुने असरबारे सचेतना फैलाउने, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने तथा महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिएको छ।

समुदायमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्य आवश्यक रहेको भन्दै प्रहरीले कुनै पनि आपराधिक गतिविधि वा सामाजिक समस्या देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन स्थानीयवासीलाई आग्रहसमेत गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित