एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, पोलिटब्युरो र स्थायी कमिटी गठनबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु हुँदैछ। ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकका एजेन्डा तय गर्न अहिले सचिवालय बैठक बसिरहेको छ।

गत पुसमा सम्पन्न ११औँ महाधिवेशनले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गरेको थियो। तर, केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ हुँदा पोलिटब्युरो र स्थायी कमिटी गठन हुन सकेको छैन।

एमालेमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने व्यवस्था केन्द्रीय कमिटीबाटै हुने गरेको छ। वैधानिक व्यवस्थाअनुसार केन्द्रीय कमिटीको एकतिहाइ सदस्य रहने गरी पोलिटब्युरो तथा पोलिटब्युरोको एकतिहाइ सदस्य रहने गरी स्थायी कमिटी गठन हुने व्यवस्था छ।

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइका आधारमा १०० सदस्यीय पोलिटब्युरो गठन हुनेछ। त्यस्तै, पोलिटब्युरोको एकतिहाइका आधारमा ३३ सदस्यीय स्थायी कमिटी गठन हुनेछ।

आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमार्फत पोलिटब्युरो र स्थायी कमिटी गठन गर्नुपर्ने धारणा नेताहरूले राख्दै आएका छन्। बैठकमा यी संगठनात्मक संरचना गठनलगायत पार्टीका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित