प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान, कानुनी सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्।

चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको ‘चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन’ कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

शर्मासँगै सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल पनि चीन गएका छन्।

प्रधानन्यायाधीश शर्मा आगामी असोज ८ गते नेपाल फर्कने कार्यक्रम रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित