माथिल्लो त्रिशूली–१ आयोजनामा थप ११ शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट थप ११ वटा शव फेला परेका छन्।

नेपाली सेनाका अनुसार आयोजनाको टनेल क्षेत्रमा जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शनिबार ११ वटा शव फेला परेका हुन्। सेनाको टोलीले ती शव उद्धार गरी टनेलबाट बाहिर निकालेको जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै विभिन्न स्थानमा कार्यरत तथा आवतजावत गरिरहेका धेरै व्यक्ति सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ। आयोजनाको टनेलभित्र अझै थप खोजी कार्य जारी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित