भोटेकोशी बाढीमा ज्यान गुमाउनेमध्ये १ हजार ४३४ शव फेला

काठमाडौं । भोटेकोशी बाढी तथा त्यसपछिको विपद्मा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ४३४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ वटा शव फेला परेका छन्।

फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलन गरी हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

शव पहिचानका लागि मृतकका आफन्त तथा सम्बन्धित व्यक्तिबाट गरी कुल ३ हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ। जसमा मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ नमूना रहेका छन्।

पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। प्रहरीले अझै ४ हजार ६५५ जना बेपत्ताको खोजी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित