कञ्चनपुर, ८ पुष । नेपाल सिएमए संघ कञ्चनपुरले यही २५ पुषभित्रै जिल्लाभरी संचालनमा रहेका सिएमए क्लिनिक आबद्धता सदस्यता नविकरण तथा अद्यावधिक गर्न आब्हान गरेको छ ।
शनिबार सिएमए संघ कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको भेलाले २५ पुषभित्रै जिल्लाभरी संचालनमा रहेका सिएमए क्लिनिक आबद्धता सदस्यता नविकरण तथा अद्यावधिक गर्न आब्हान गरेको हो ।
नेपाल सिएमए संघ कञ्चनपुरका अध्यक्ष तिलक प्रशाद जोशीले विवित निर्णय गर्दै भेला सम्पन्न भएको बताए । अध्यक्ष जोशीका अनुसार अवधिभित्र संघमा नविकरण तथा क्लिनिक विवरण अद्यावधीक नगर्ने क्लिनिक खारेजीका लागि केन्द्रमा सिफारिस गर्ने भएको छ ।
भेलाले जिल्लाका पालिकामा संयोजक जिम्मेबारीदेखि सरोकारवालासंग पारामेडिक्स क्लिनिक मापदण्ड बारे अन्तरकृया गर्ने जनाएको छ ।
पुनर्वासमा राज कुमार राना, बेलौरी जिवन भट्ट, बेलडाँडी महेश खत्री, कृष्णपुर तारा बडू(जोशी), शुक्लाफाँटा शिवराज भट्ट,बेदकोट हरि प्रशाद भट्ट, भीमदत्त अम्बादत्त भट्ट,दोधाराचाँदनी गणेश विष्टलाई जिम्मेबारी दिएको छ ।
Discussion about this post