ट्याक्टरको ठक्करबाट वेदकोट नगरपालिका वडा नम्बर ६ सिसैयामा ६ वर्षका बालक लव चन्दको घटना स्थलमा नै मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश, प्रहरीका अनुसार शनिवार साँझ से १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बालकको घटनास्थलमा मृत्यु भएको हो । बैतडीको दोगडा केदार गाउँपालिकाका चन्द कञ्चनपुरमा मामाको घर आएका थिए।वेदकोट नगरपालिका वडा नम्बर १० नयाँ गाउँका ४५ वर्षीय ट्याक्टर चालक रामबहादुर खुनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
Discussion about this post