बेलडाँडी, १५ पुस । बेलडाँडीमा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था आफ्नो ७ आ वार्षिक सभा सनिवार सम्पन्न गरेको छ ।
२०७४ सालमा स्थापना भएको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा हाल १ हजार ४ सय १६ जना शेयर सदस्य रहेका छन् ।
बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक गुणस्तर मात्र नभई महिला सशक्तीकरणका सन्दर्भमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
संस्थाका अध्यक्ष कमला रेग्मी जोशीको अध्यक्षतामा आयोजित साधारण सभामा उहाँले सहकारी संस्थाको वार्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम र साधारण सभाका प्रस्तावहरू पेस गर्नु भएको थियो । त्यस्तै, सहकारीका प्रबन्धक विमला कुमारी बडवालले प्रतिवेदन र लेखा समिति सदस्य देवकी जोशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाबाट १५ बुँदे प्रस्तावहरू सर्वसम्मत पारित गरिएको अध्यक्ष कमला रेग्मी जोशीले जानकारी दिनुभयो ।
बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले विविध सामाजिक गतिविधिहरूमा समेत सक्रियता बढाएको छ ।
Discussion about this post