सरस्वती माध्यमिक बिद्यालय मोतीबस्तीले मनायो ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

लाल बहादुर एस के/पुनर्वास । कञ्चनपुरको दक्षिणक्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर २ मोतीबस्तीमा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयले ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले आर्थिक बर्ष ८०/८१ को कुल ५७ लाख ९५ हजार ६५० रूपैया बराबरको आयव्यय प्रस्तुत गर्दै भने विद्यालयभित्र रहेका विभिन्न समस्याबारे उजागर गर्न अभिभावक ज्यूहरूलाई समेत यस विद्यालयमा समयसमयमा आएर विद्यालयलाई सुझाव सल्लाहका साथै हातोमालो गरेर अगाडि बढ्नुपर्छ भन्दै यस विद्यालयको ४५ औँ वार्षिक उत्सवको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि निर्वाचित प्रतिनिधिसभा सदस्य तारालामा तामाङले आफ्नो निर्वाचन क्षेत्र का सबै बिद्यालय मा शैक्षिक गुणस्तरका लागि कुनै प्रकारको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिद्यालयमा भौतिक पुर्वाधार होस वा शैक्षिक क्षेत्रको गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा होस आफ्नोतर्फबाट पहल गर्ने तर्फ जोड रहने आफ्नो भनाइमा व्यक्त गर्नुभयो । माननीय लामाले बिद्यालयको ४५ औं बार्षिकउत्सव सफलताको शुभकामना समेत दिनुभएको थियो ।

यस्तै प्रदेश सभा सदस्य बीर बहादुर थापाले आज विद्यालयको ४५ औँ वार्षिक उत्सव यथार्थ आफैं यसै विद्यालयमा अध्यापन गर्दै शिक्षा क्षेत्रमा समेत सेवा दिएको विद्यालयको वार्षिक उत्सव मनाउन पाउँदा खुसी व्यक्त गर्नुभएको छ र आफूबाट हुने विद्यालयलाई सहयोग भौतिक पूर्वाधारका कुरा हुन्। गुणस्तरीय शिक्षाका कुराहरु हुन् अथवा यो विद्यालय हाम्रो यो विद्यालयलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा हामी गम्भीर भएका छौं र यस विद्यालयलाई अहिले राम्रोसँग अगाडि बढाइराख्नु भएको छ शिक्षकहरूको टिम व्यवस्थापनको टिमलाई पनि धन्यवाद दिन चाहन्छु मैले गर्नुपर्ने कुन कुन ठाउँमा यो विद्यालयलाई अगाडि बढाउनलाई समेत प्रतिबद्धता जनाउँदै यस कार्यक्रमको शुभकामना दिनुभयो ।

सो अवसरमा विशिष्ट अतिथिमा रहनुभएकी राष्ट्रिय सभा सदस्य इन्दु कटरियाले यस विद्यालयको ४५ औँ वार्षिक उत्सव मनाइरहँदा आफूले खुसी व्यक्त गर्दै, यो विद्यालयको अहिले शैक्षिक गुणस्तरीय राम्रो भएको सुन्न पाउँदा हाम्रो क्षेत्रमा अहिले सामुदायिक विद्यालयमा राम्रो पढाइ भइरहेको केही भौतिक पूर्वाधारहरू लगायतमा सुधार भएको मैले पाएकी छु। आगामी दिनमा विद्यालय क्षेत्रहरूमा मैले गर्ने सहयोगका कुराहरुमा आफू कटिबद्धता रहेको जनाए ।

यस्तै विश्वनाथ बिष्टका छोरा हालअमेरिका रहनुभएका शिव बिष्टले जेहेन्दार विद्यार्थीका लागि ५१हजार१एक सय५१ अक्षयकोष सहयोग गर्नुभयो को छ । चन्दादाता विश्वनाथ बिष्ट लगायत ३ जनालाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो । त्यस्तैगरी शिक्षा क्षेत्रबाट शिक्षिका हेमलता भण्डारी शिक्षक बुद्धि तामाङ रामबहादुर रानालाई दोसल्ला ओडाई कदरपत्रसहित शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानको मूल्याङ्कन गरेर तीनैजनालाई सम्मानित गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तैगरी अर्का शिक्षक यस विद्यालयका संस्थापक प्राध्यापक रहनुभएका छविलाल खनियालाई पनि दोसल्लाका साथ सम्मान गरिएको थियो भने विद्यालय क्षेत्रमा पुर्याउनुभएका उच्च कदर मूल्याङ्कन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर साउदले भूमिका निर्वाह गर्दै सदस्यमा रहेर त्यस्तैगरी पिटीय अध्यक्ष डिल्ली सार्की सदस्यमा रहेर विभिन्न निकायबाट विद्यालयलाई पुर्याउनु भएको योगदानको मूल्याङ्कन गर्दै उहाँहरुलाई समेत सम्मान गरिएको थियो ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन सुनारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुखअतिथि प्रतिनिधिसभा सदस्य माननीय तारा लामा तामाङ रहनुभएको थियो भने बिशिस्ट अतिथि सुदुरपश्चिम प्रदेश सभाका प्रदेश सदस्य वीर बहादुर थापा,पुनर्वास नगरपालिका निवर्तमान उपप्रमुख शारदा बिष्ट शर्मा, नेपाल गुज्रे कराते सङ्घका प्रशासक अरुण एसके,अतिथि पुनर्वास नगरपालिका वडा नम्बर २ का निवर्तमान वडा सदस्य डिल्ली सार्की त्यसैगरी अतिथिमा रहनुभएका जनशक्ति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर देउकर लगायत समाजसेवी / बुद्धिजिवि खेलप्रेमी गुरुवर्ग अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

बिद्यालय का सह प्रधानाध्यापक महावीर चन्दले स्वागत मनतब्य राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक भिमलामा तामाङ र अर्का विद्यालयका लेखापाल दिपक सार्कीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित