बेलडाँडीको रौलेश्वर मा. वि ८ औं इन्टरनेशनल कपको च्याम्पियन

विकास सिह महता/कञ्चनपुर: जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजित ८ औं इन्टरनेशनल कपको उपाधी रौलेश्वर माध्यमिक विद्यालयले जितेको छ।

 

इन्टरनेशनल पब्लिक स्कुलले आयोजना गरेको ८ औं इन्टरनेशनल कप फुटबल प्रतियोगिता २०८० को फाइनल खेल सनिवार भएको थियो। फाइनल खेलमा रौलेश्वर माध्यमिक विद्यालय बेलडाँडी र इन्टरनेशनल पब्लिक स्कुल बिच भएको रोमाञ्चक खेलमा २-१ गोलको अन्तरले इन्टरनेशनल पब्लिक स्कुल लाई हराउदै रौलेश्वर माध्यमिक विद्यालयले उपाधी जितेको हो।

 

खेलको पहिलो हाफमा रौलेश्वर माध्यमिक विद्यालयले १-० गोलको अग्रता लाई कायम राख्न सफल भएको थियो। उक्त अग्रता लाई जोगाउन नसक्दा दोस्रो हाफमा इन्टरनेशनलले गोल गर्दै १-१ गोलको बराबरी गरेको थियो। निरन्तर त्यो बराबरी लाई तोड्दै पुन रौलेश्वर टिमको लागि किरन सुनारले गोल गर्दै २-१ गोलको अग्रता संगै उपाधी कब्जा गरेको छ।

 

प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर रौलेश्वर माध्यमिकका अनिल बडवाल, उत्कृष्ट स्टाइकर इन्टरनेशनलका क्षितिज धामी, रौलेश्वरका रोहित धामी उत्कृष्ट डिफेन्स ,इन्टरनेशनल उत्कृष्ट गोलरक्षक ग्रीष्म मल्ल, प्रतियोगिताको उत्कृष्ट खेलाडी इनटरनेशलका सन्दीप थापा मगरले उपाधी हात पारेका छन् । उनले आकर्षक ट्रफी पाएका छन् ।

 

प्रतियोगिताको विजेता टिम रौलेश्वर मा.वि बेलडाँडिले रु.५० हजार ट्रफी प्रमाणपत्र र मेडल हात पारेका छन् । उपविजेता टिम इन्टरनेशनलले पब्लिक स्कुलले रु. २५ हजार ट्रफी प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ।
रौलेश्वर माध्यमिक विद्यालयले यो महेन्द्रनगरमा आयोजना गरेको स्कुल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो उपाधी जितेको हो। यो भन्दा पहिला आदर्श कपको उपाधी माघ महिनाको १८ गते उचालेको थियो।

समापन कार्यक्रमको अध्यक्षता इन्टरनेशनल पब्लिक स्कुलका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेत रहनु भएको थियो। प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, विशिष्ट अतिथि भीमदत्त नगरपालिका उप-मेयर निलम लेखक जोशी, इन्टरनेशनल पब्लिक स्कुलका निर्देशक गौराज बहादुर लिम्बू , कञ्चनपुर जिल्ला फुटबल संघका पुर्व अध्यक्ष भिम बहादुर थापा , एन्फा प्रशिक्षक पुष्कर शाही कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल र पत्रकार खेलाडी खेलप्रेमी लगायत विद्यार्थीको उपस्थिति रहेको थियो।

पौष १० गते देखि सञ्चालन भएको प्रतियोगितामा कञ्चनपुर जिल्लाका १२ टिमको सहभागीता रहेको थियो।विद्यार्थीहरुको प्रतिभा प्रबर्द्धनका साथै उजागर गर्नका लागि बिद्यालयले बर्सेनि विभिन्न विधाका प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित