खैरीघाटको सडकमा हिडडुल गर्न स्थानीलाई सास्ती, सडकमा धुलो उड्न नदिन सडकमा प्रयोग गरिएको मिलको फोहर पानीले श्वासप्रश्वासमा समस्या

बेलडाँडी, १५ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.३ को मुख्य सडकमा धुलो माटो उड्न रोक्नका लागि हालिएको मिलको फोहर पानीले हिडडुल गर्न सास्ती हुनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिन थालेको छ ।

 

केहिदिन पहिला केहि स्थानीय वासिन्दाको माग अुनसार सडकमा धुलो रोक्नका लागि हालिएको मिलको फोहोर पानीले अहिले हिडडुल गर्न निकै समस्या भएको आधा स्थानीयबासीहरुको गुनासो रहदै आएको छ । स्थानीय युवाहरुले यो फोहोर पानी भन्दा धुलो रोक्नका लागि सफा पानी छड्कीदिएको भए राम्रो हुने बताउदै आएका छन् ।

 

सामाजिक संञ्लमा यति बेला अधिकांस युवाहरुले यस फोहोर पानीले लुगा कपडा फोहर हुनुका साथै श्वासप्रश्वासमा समेत समस्या हुने हुदा निकै विरोध गरेका छन् । यति चिसोमा समेत फोहर पानीका कारण मच्छर देखा पर्नथालेको जनाए ।

यस विषयमा वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले भने यो फोहोर हालेको कुरा आफुलाई थाहा नभएको बताए । आफुले सम्वन्धित निकायहरु संग सफा पानी हाल्ने व्यवस्थाका लागि पहल गरिराखेका बेला यस्तो कार्यगरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित