सशस्त्र प्रहरीका डिएसपी आचार्य पुरस्कृत

कञ्चनपुर, माघ ९ । सशस्त्र प्रहरी बल नेपाल कञ्चनपुरमा कार्यरत एक काबिल अधिकृत पुरस्कृत भएका छन । प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) सुदन आचार्य पुरस्कृत भएका हुन ।

गुल्मपति सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी अत्तरिया सुदूरपश्चिम प्रदेशले पुरस्कृत गरेको जनाएको छ । मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई उत्कृष्ठ गुल्मपति अवार्ड प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

डिएसपी आचार्यले आफ्नै नेतृत्वमा सीमा चोरी तस्करी अपराध नियन्त्रण एव राजस्व चुहावटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुल्याङकन गर्दै सम्मान गरेको छ । उनलाई शैलेश्वरी गण र बैजनाथ बाहिनी कार्यालयले सम्मान एव पुरस्कृत गरेको छ । प्रमाण पत्रका साथै मेडल दिएर सम्मान गरेको छ ।

सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई मुख्यमन्त्री कमल बहादुर शाह र सशस्त्र प्रहरी बल सुप प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) कुमार न्यौपानेले सम्मान एव पुरस्कार हस्तान्तरण गरेका थिए ।

डिएसपी आचार्यले प्रस्तावित सीमा सुरक्षा बल गड्डाचौकीको गुल्मको जिम्मेबारी सम्हालेपछि चोरी तस्करी सीमा अपराध नियन्त्रणमा निमर्म कार्बाही चलाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित