अाज सुनको मूल्य स्थिर, चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घट्यो

5
VIEWS

सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

 

आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

 

अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार