मुख्यमन्त्री भलिबल प्रतियोगितामा मन्त्र अस्पतालको निःशुल्क स्वास्थ्य उपचार

प्रकास भट्ट, माघ १४ । कञ्चनपुर महेन्द्रनगरको खुला मञ्चमा आईतबारदेखि शुरु भएको तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगितामा मन्त्र अस्पतालले निःशुल्क प्राथमिक स्वास्थ्य उपचार गरिरहेको छ ।

 

भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि(मन्त्र अस्पताल)ले निःशुल्क प्राथामिक स्वास्थ्य सेवा प्रदान गरिरहेको हो । मन्त्र अस्पतालका निर्देशक डा.गोबिन्द रोकायाले समाजिक दायित्व अन्र्तरगत राष्ट्रिय स्तरको प्रतियोगितामा खेलाडी एव दर्शकलाई अकस्मात चोटपटक लागेपछि प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताए ।

 

निर्देशक डा. रोकायाका अनुुसार देशैभरी भलिबलका खेलाडी, कोच सहितका आम दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालका तर्फबाट निःशुल्क प्राथमिक उपचार सेवा दिईरहेको बताए ।

‘हामीले हाम्रो हेल्थ डेस्कमा आउने खेलाडी एव दर्शकलाई प्राथामिक उपचार निःशुल्क रुपमा दिईरहेका छौँ, ‘उनले भने, ‘खेलाडकी हकमा थप स्वास्थ्य सेवा समेत प्रदान गर्नेछौँ ।’

यस अघि पनि विभिन्न प्रतियोगिताहरुमा मन्त्र अस्पतालले स्वास्थ्य डेस्क नै राखेर निःशुल्क प्राथमिक उपचार गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित