कञ्चनपुर, फागुन ६ । कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरी गााउमा कराँतेका खेलाडीलाई एक दिने प्रशिक्षण गरिएको छ ।
आइतबार बेदकोट नगरपालिका १० नम्बर वडा एव जिल्ला कराँते महासंघको आयोजनामा खेलाडीलाई प्रशिक्षण दिईएको हो । बेदकोट नगरपालिका १०का वडाध्यक्ष रतन विष्टले कराँतेका बरिष्ठ प्रशिक्षकबाट खेलाडीको उत्साहका लागि एक दिने प्रशिक्षण आयोजना गरेको बताए ।
वडाध्यक्ष विष्टले खेलकुद बृद्धि विकासका कराँतेका बरिष्ठ प्रशिक्षक ज्यूहरुबाट प्रशिक्षण कार्यक्रम राखेर गाँउ, वडा, नगर र जिल्लाकै खेलाडीका लागि उत्प्रेरणा जगाएको बताए । सुदूरपश्चिम प्रदेशका कराँते प्रमुख प्रशिक्षक विमल खडायतले चतहरी गाँउमा नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल सितोरिसो संघका सरक्षक युवराज लामा, नेपाल कराते संघका अध्यक्ष दावा गुरुङ्ग सहितका करातेका बरिष्ठ प्रशिक्षकबाट प्रशिक्षण दिईएको बताए ।
यसका साथै सोमबार एसियन कराते प्रतियोगितामा गोल्डमेडल प्राप्त कञ्चनपुरका खेलाडीद्वय आकास सेजुवाल र सोनु तिरुवालाई सम्मान गरिने बताए । यसका साथै करातेको दीक्षान्त समारोह तथा भवन उद्घाटन गरिने बताए ।
जिल्ला कराते महासंघ कञ्चनपुरका अध्यक्ष सरोज बैज सहितका जिल्लाका कराते प्रशिक्षक, खेलाडी, जनप्रतिनिधीको सहभागिता रहेको थियो । गाँउमै बरिष्ठ कराँतेका प्रशिक्षकबाट प्रशिक्षण पाएपछि खेलाडीहरुले समेत उत्साह जनाएका छन ।
Discussion about this post