आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउदै

कैलाली:

आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर अध्यक्ष रहेको मुल समारोह समितिले भव्यताका साथ दिवस मनाउन कार्यक्रम आयोजना गर्यो ।

तर, आम नागरिकको सो समारोहमा सहभागिता कमजोर देखिएको छ ।शहिदगेटदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म आयोजना गरिएको प्रभातफेरीमा मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाही, प्रदेश प्रमुख सचिव हरि लम्साल, मन्त्रालयका सचिव तथा अधिकृत, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सार्वजनिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

बाजाँगाजाँसहित मन्त्रालयसम्म पुगेको प्रभातफेरीमा सहभागितामा उत्साहजनक नहुनुमा यसवर्षकोमात्र नभई देश संघिय संरचनामा गई विगत पाँच वर्षयता कर्मचारी र सरकारमा नियूक्त भएका व्यक्तिहरुको मात्रै प्रजातन्त्र दिवस भएको देखिन्छ ।

मुल समारोह समितिले आयोजना गरेको समारोहमा प्रदेश सभा विषयगत समिति सभापति, प्रदेश सभा सदस्य, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, कर्मचारी लगायत विभिन्न व्यक्तिहरुका लागि सिटहरु विभाजन गरिएको थियो ।

तर, समारोहमा प्रदेश प्रमुख देवराज जोशी, सभामुख भिमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरीको सहभागिता रहेको थियो ।समारोहमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, राज्यमन्त्री गितादेवी माल, सामाजिक विकास मन्त्री झपटबहादुर साउद, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री घनश्याम चौधरी अनुपस्थित रहेका थिए । माओवादीबाट मन्त्री रहेका धामी, साउँद र माल काठमाडौंमा पार्टीको विधान सम्मेलनमा सहभागि रहेकाले अनुपस्थित रहेको बताईएको छ ।

मन्त्रीमात्र नभई समारोहमा प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधिहरुको पनि पूर्ण रुपमा उपस्थिति देखीएन ।
सो समारोहमा धनगढी उपमहानगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको भएपनि नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना तथा वडा अध्यक्षहरुको पनि सहभागिता थिएन् ।मुल समारोह समितिले फागुन ६ देखि ८ गतेसम्म दिपावलीका रुपमा मनाउने निर्णय गरेको छ ।

सो अनुसार राती मन्त्रालय र सरकारी कार्यालयमा दिप प्रज्वलन हुने गरेको भएपनि नागरिक संघ–संस्थाका कार्यालयहरुमा यस्तो गरेको देखिदैन् । दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न प्रतियोगिता, सरसफाई लगायतका गतिविधि गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित