पुर्वमन्त्री बिना मगरको पहलमा बेलौरीमा आधुनिक ढल बन्दै

बिमल धामी/कञ्चनपुर, फागुन २८ । कञ्चनपुरको बेलौरी नगरपालिकामा आधुनिक ढल निर्माण हुन लागेको छ । पुर्वमन्त्री बिना मगरको पहलमा ढल निर्माण तथा प्रशोधन सहित र ड्रेन निर्माणको काम अघि बढेको हो ।

बेलौरी नगरपालिका –४ बेलौरी बजारको ढल सहितको प्रसोधन र ड्रेन निर्माण अघि बढेको जनाएको छ । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले तत्तकालिन निर्वाचन क्षेत्र १बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित एवं तत्तकालिन खानेपानीमन्त्री बिना मगरको पहलमा ढल निर्माण तथा प्रशोधन र ड्रेन निर्माणको काम अघि बढेको बताए ।


मेयर चौधरीका अनुसार बेलौरी नगरपालिकाले १ हजार ३ सय मिटर ड्रेन निर्माणका लागि ०७८ मा ललितपुरको प्यारागन कन्स्ट्रक्सन प्रालिसँग ९६ लाखमा ठेक्का सम्झौता गरेको बताए । ढल तथा प्रसोधन कार्यको लागि ०७८ कार्तिक १५ मा धनगढी स्थित मृत संजिवनी ग्वाला थेगिम निर्माण कम्पनी सङ्ग १६ करोड लागतमा ९ किलोमिटर ढल निर्माणका सम्झौता भएको बताए ।

संघीय सरकारको आयोजना अन्तरगत निर्माण भइरहेको ढल प्रसोधन योजना नगरपालिकाले जग्गा व्यवस्थापन गर्दा ०७९ असार ३० देखि कार्य शुरु भएको जनाएको छ । सम्झौता अनुरुप बेलौरी बजारमा ढल, डे«न्चको निर्माण कार्य शुरु गरिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय इन्जिनियर पवन भट्टले बेलौरीमा ९ किलोमिटरको योजनामा काम भइरहेको बताए । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा यसरी आधुनिक प्रशोधन सहितको ढल निर्माण कार्य अघि बढेपछि स्थानीय हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित