बेलडाँडीका एक स्वास्थ्यकर्मीद्वारा जन्मदिनको अवसर पारेर आज नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्दै

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं ०५ को कार्यलयको प्राङ्गणमा वडा नं ०५ संग समन्वय गरि बेलडाँडीका स्वास्थ्यकर्मी अ.हे.व प्रकाश थापाले नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्ने भएका छ्न ।

 

थापाले आफ्नो जन्मदिनको अवसरमा आफू जन्मेको ठाउँमा नि:शुल्क स्वास्थ शिविर चलाउने जनाएका छन् । उहाँका अनुसार वडा नं.५ का अध्यक्ष इन्द्र ब खडका संग समन्वय गरेर आज २९ गते मंगलवारका दिन बिहान १०:०० बजे देखि बेलुका ४:०० बजे सम्म शिविर संचालन गरिने जनाएका छन् ।

 

शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, ज्वरो र रुघाखोकी जस्ता सामान्य चेक जाँच हुने भएकाले उक्त वडा नं ०५ को प्राङ्गणमा सेवा लिन अनुरोध गरिएको छ ।

थापा बेलडाँडी गाउँपालिकाले लिएको करार सेवा परिक्षामा प्रथम स्थानमा नाम निकाली अहिले बेलडाँडी स्वास्थ केन्द्रमा कार्यरत छन ।

पहिले देखि नै समाज सेवामा लाग्ने थापा अहिले सम्राट थापा बचाउ अभियानमा समेत खटिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित