नेपाली सेनाबाट अवकास भएका बिष्ट ड्रागनफ्रुटको खेती तर्फ

प्रकाश भट्ट ०८ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुरका राजेन्द्र बहादुर बिष्ट ड्रागन फ्रुटको खेतीमा लागेका छन । यसै साल नेपाली सेनाबाट अवकास भएका बिष्टले आफ्नै घरको बारीमा ड्रागन फ्रुटको खेतीको
सुरुवात गरेका हुन् । हाल उनले एक कट्टा जमिनमा ड्रागन फ्रुट लगाएका छन ।

कञ्चनपुरका पत्रकार एवम् कौसिबारीका अभियन्ता धन सिंह धामीले ड्रागन फ्रुटका बिरुवाहरू कौसिमा तथा खेती गर्न इच्छुकहरूलाई निशुल्क वितरण अभियान सुरु गरेका छन । बिष्टले पनि अभियन्ता धामीदेखि नै ९६ विरूवा ल्याएर खेतीको सुरुवात गरेका हुन् ।

कृषिमा केही गर्नुपर्छ, जागिरबाट अवकाश भइसके पछि पनि समाजमा आफ्नो सक्रिय भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ ड्रागन फ्रुट खेतीको सुरुवात गरेको बिष्टको भनाइ रहेको छ । उनले भने ’कृषिमा केही गर्नुपर्छ भन्ने सोच मनमा थियो, ड्रागन फ्रुट स्वास्थ्यका लागि पनि राम्रो भएको हुँदा मैले ड्रागन फ्रुटको खेती गर्नुपर्छ भन्ने लाग्यो र हाललाई एक कट्टा जमिनमा यसको सुरुवात गरेको छु ।’ साथै बिष्टले पाँच कट्टा जमिनमा ड्रागन फ्रुटको खेती गर्ने आफूले योजना बनाएको बताएका छन ।

कौसिबारीका अभियन्ता धामीले कृषि गर्न इच्छुक युवाहरूलाई आफूले सहयोग गर्ने बताएका छन । उनले भने ’ड्रागन फ्रुट लगाएर खेती गर्न इच्छुक सबैलाई सहयोग गर्नेछु र ड्रागन फ्रुटको विरूवा निशुल्क वितरण गर्ने छु ।’

 

साथै उनले जिल्ला बाहिरका केहि व्यक्तिहरुलाई विरुवा उपलब्ध गराएको र यहाँका विभिन्न व्यक्ति, सहकारी संस्था, वडा कार्यालय लगायतलाई समेत निशुल्क ड्रागन फलका विरूवाहरू वितरण गरेको बताएका छन् र आगामी दिनमा समेत यो अभियान निरन्तर जारी रहने उनको भनाइ रहेको छ ।’

आगामी दिनमा यस्तै निशुल्क ड्रागनफलको बिरुवा पूर्व तयारीमा रहेका व्यक्तिहरुले समयमा सम्पर्क गरेपछि चाहेजति उपलब्ध गराउने अभियन्ता धामीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित