वेदकोट नगरपालिकाद्धारा शुक्लाफाँटा एफएमका समाचार प्रमुख पत्रकार सुजित सम्मानित

25
VIEWS

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले शुक्लाफाँटा एफएमका समाचार प्रमुख पत्रकार सुजित रमेश सिनाललाई सम्मान गरेको छ ।

 

बिहीबार मार्च २१ तारेखका दिन ५९ औँ अन्र्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा नगरपालिकाले सम्मान गरेको जनाएको हो । पत्रकारिताको क्षेत्रमा कलम चलाई समुादयमा रहेको कुरुती कुसंस्कारहरु, जातिय विभेदका घटनामा कलम चलाई न्यायमा पहुँच र जनचेतना प्रदान गरेको भन्दै उहाँलाई सम्मान गरिएको कार्यपालिका सदस्य पवन नेपालीले जानकारी दिनुभयो ।

साथै दलित समुदायका लागी मात्रै नभएर समुदायमा रहेका विभिन्न मुद्धामा आफनो कलम मार्फत जानकारी प्रदान गर्ने र सही सुचना र जानकारी प्रदान गर्ने युवा पत्रकार सिनाललाई सम्मान गरिएको उहाँले बताउनु भयो ।

साथै सामाजिक रुपान्तरणमा अहम भुमिका निर्वाह गरी पुय्राउनु भएको योगदानको उच्च मुल्याङकन गरी सम्मान गरिएको नगर उपप्रमुख तुलसी जोशीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सविधान सभा सदस्य एव सुप प्रदेशका सदस्य बहादुर सिह थापा, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, बेदकोट नगरका मेयर भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी सहितले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सिनाले विगत १४ वर्षदेखी निरन्तर सञ्चार माध्यममा रहेर काम गरिरहनु भएको छ । हाल उहाँ सामुदायिक रेडियो शुक्लाफाँटा एफएममा समाचार प्रमुख भएर काम गरिरहनु भएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार