पुनर्वासका क्यान्सर पीडित सुभाष लामाद्वारा सहयोगको अपील

कञ्चनपुर, ८ चैत । पुनर्वासका क्यान्सर पीडित सुभाष लामाले आफ्नो ज्यान बचाईदिन आग्रह गर्दै आर्थिक सहयोगका लागि सबैसँग अपील गरेका छ्न ।

पुनर्वास २ दशरथ बस्तीको चिनी मिल नजिकै बसोबास गर्दै आएका सुभाष लामा ज्याला मजदुरी गर्दै जसोतसो परिवार पालिरहेका थिए । तर करीब तीन महिना अघिदेखि मुख र घाँटीमा घाउ देखियो ।

सामान्य घाउ होला भनेर गाउँघरमै सानोतिनो उपचार गर्दा सन्चो नभएपछि घरमा रहेका बाख्रा कुखुरा बेचेर तथा रिण गरी चेक गर्दा क्यान्सर भएको पत्ता लाग्यो । बिमारी पत्ता लगाउँन विभिन्न अस्पतालमा चेक गर्दा नै उहाँको एक लाख भन्दा बढी खर्च भैसकेको छ ।

आर्थिक रुपले अत्यन्त जर्जर अवस्थामा रहेका क्यान्सर पीडित लामाको सम्पत्तिको नाममा जम्मा आधा कट्ठा जमीन मात्र रहेको छ । जहाँ उनको सानो घर छ । चारवटा ससाना छोराछोरी, श्रीमती र वृद्ध बुवा आमाका एक्लो साहाराका रुपमा रहेका सुभाष लामालाई क्यान्सर लागेको खबरले परिवारमा ठूलो विपत्ति आएको छ ।

आफुलाई उपचारका लागि करिब पन्ध्र लाख खर्च हुने डाक्टरले बताएको तर घरमा बिहान बेलुकीको छाक टार्न नै गाह्रो परिरहेको अवस्थामा त्यति ठूलो रकम जुटाउन असम्भव भएको कारणले देशभित्र र बाहिर बस्नुहुने सम्पूर्ण दयालु मनहरुसंग क्यान्सर पीडित लामाले सहयोगको लागि अनुरोध गरेका छ्न ।

उहाँलाई तल दिईएको खातानम्बरमा आर्थिक सहयोग गर्न सकिन्छ ।
नाम: सुभाष लामा
खातानम्बर: 1840227907800617
NMB bank शाखा आईबिआरडी कञ्चनपुर
फाेन न. 9809493422

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित