लाल ब.एसके, पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिकामा सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँचमा ट्राफिक प्रहरीद्धारा कडाइ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टलाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराए सँगै पुनर्वास नगरपालिकामा मापसे परिक्षणमा कडाइ गरिएको हो ।
आउदै गरेको होलीलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न र दुर्घटना न्यूनिकरणका लागि अभियानलाई तिब्रता दिएको इलाका प्रहरी कार्यालय अस्थायी ट्राफिक कार्यालयका जीवनराज भण्डारीले जानकारी गराउनु भयो ।
एक हप्ता पहिला पुनर्वास नगरपालिकाले एक लाख ५८ हजार बराबरको ब्रेथलाईजर मेसिन खरिद गरि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतको उपस्थितिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवन बस्तीलाई पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले हस्तान्तरण गरेको थिए ।
मापसेका कारण हुने सवारी दुर्घटना न्युनिकरण गर्न नगर पालिकाले ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेसिन उपलब्ध गराएको थियो ।
Discussion about this post