सुनको मूल्य तोलामा७०० रुपैयाँले बढ्यो

काठमाडौं :

स्थानीय बजारमा पहेँलो धातु सुन को मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँ कारोबार भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य पनि तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ । महासंघले आजका निम्ति तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँ कायम गरेको छ ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

चाँदीको मूल्य आजका निम्ति प्रतितोला एक हजार ५२५ रुपैयाँ निर्धारण गरिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित