बेलडाँडीका आकाश र अनिल अन्तिम चरणका लागि छनौट, गाउँपालिकाको पुर्ण सात

बिकास महता/कञ्चनपुर: नेपाली फुटबल खेलको विकाश र विस्तार गर्न युवा विकाश परियोजना अन्तरगर्त यू-१३ उमेर समूह फुटबलका लागि बेलडाँडीका दुई छात्र छनौट भएका छन् ।

 

छनौट हुनेमा बेलडाँडी गाउँपालिका का अनिल बडवाल र आकाश पेला जिल्ला र प्रदेश हुँदै यू-१३ छात्रको अन्तिम चरणको केन्द्रिय छनौटका लागि परेका छन् । एन्फाले खेलाडीहरुलाई ऐकेडेमीमा राख्दै सञ्चालन गर्नका लागि जिल्ला छनौट हुँदै सुदुरपश्चिम प्रदेश स्तरीय यू–१३ छात्र खेलाडी छनौट कार्यक्रम २०८० चैत्र २४ र २५ गते गोदावारी नगरपालीका ८ स्याउले कैलालीमा सञ्चालन भएको प्रदेश स्तरीय छनौटबाट बेलडाँडीका पेला र बडवाल समेत छनौट भएका हुन। सुदूरपश्चिमबाट ऐकेडेमीका लागि ५८ जना छनौट भएका छन् ।

 

यू-१३ छात्रको अन्तिम चरणको केन्द्रिय छनौटका लागि खेलाडी लाई आर्थिक समस्या नहुनका लागि र खेलाडीको हौसलाका लागि बेलडाँडी गाउँपालिका उनिलाई सात दिएको छ। उनलाई अन्तिम चरणको केन्द्रिय छनौटका लागि जान र आउनका लागि सम्पुर्ण खर्च बेहोर्ने भएको छ।

 

शनिबार एक कार्यक्रमको आयोजना गर्दै बडवाल र पेला लाई बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र राना, उपाध्यक्ष शान्ति नाथ, पालिका प्रवक्ता एवम् वडा न.१ का वडाध्यक्ष गजबहादुर बिष्ट, वडा नं ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्का , वडा नं २ का वडाध्यक्ष नारथ उर्याल लगायत अभिभावकको उपस्थितिमा उनिहरु लाई शुभकामनाका साथ दोसल्ला ओढाएर बिदाई गरेको छ।

 

अखिल नेपाल फुटबल संघ (एन्फाले) ले २०८० चैत्र ३० गते गरेको पत्राचार अनुसार यू-१३ छात्र/छात्रा फुटबल खेलाडिहरुको अन्तिम चरणको केन्द्रिय छनौट कार्यक्रम बैशाख ५ देखि ८ गते सम्म पुरुषको छनौट र बैशाख ९ र १० गते महिलाको छनौट बिहान ९ बजे देखि च्यासल रङ्गशाला, च्यासल ललितपुरमा सञ्चालन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित