विप्लव निकट विद्यार्थी संगठनद्वारा विद्यार्थीबाट भर्ना शुल्क नलिन आब्हान

कञ्चनपुर, बैशाख २ । अखिल नेपाल विद्यार्थी यूनियन(समाजवादी)ले नयाँ शैक्षिक सत्र ०८१मा विद्यार्थी भर्नाका नाममा शुल्क नलिन आब्हान गरेको छ । नेकपा विप्लव निकट अखिल(समाजवादी)ले अनेकन बहानामा विद्यार्थीबाट भर्ना शुल्क नदिन आब्हान गरेको हो ।

अखिल समाजवादी कञ्चनपुरले जिल्लामा भर्ना अभियान शुरुवात भएसंगै सामुदायिक विद्यालयले भर्ना शुल्क लिईरहेको र निजी विद्यालयले चर्को शुल्क लिईरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विप्लव निकट समाजवादीले केही पालिहरुले अभिभावक मर्म बिरुद्धमा विद्यालय मर्ज र डाउन साईज नगर्न समेत सचेत गराएको बुझिन्छ । अखिल समाजवादी कञ्चनपुरका जिल्ला अध्यक्ष अनिल सिले हस्ताक्षर गरेको विज्ञप्तीमा शैक्षिक विकृती नरोके त्यस बिरुद्धमा समाजवादीले संघर्षको चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित