अर्घाखँचीमा पासोमा परेर घाइते भएको चितुवा मरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा चितुवा पासोमा परेको थियो । पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत इश्वरी पौडेलले जानकारी दिएका छन् ।
चितुवा पासोमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो ।
मरेको चितुवा ५९ इन्च लामो, ३३ इन्च अग्लो तथा झन्डै ३१ केजीको भाले रहेको डिभिजन वन अधिकृत पौडेलले बताए । जङ्गलमा पासो कस्ले थापेको भने बारेमा थप खोजी भइरहेको पनि पौडेलले बताए ।
Discussion about this post