कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा एक जनामाथि कुटपिट भएको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२ मुख्य बडी मुसर्नियाका गणेश सहनी सोमबार राति ८ बजे महेन्द्रनगर बसापर्क पुगेका थिए।
पहिलो पटक कामको खोजीमा आएका उनी वसपार्कमा लुटपाटमा परेका हुन्। तीनजनाको समुहले उनलाई कुटपिट गरी लुटपाट गरेको खुलेको छ। मंगलबार बसपार्कका एक व्यवसायीले पीडित सहनीलाई खान दिएर सहयोग गरेका छन्।पीडित सहनी आज बुधबार सहयोग खोज्दै प्रहरी कार्यालय पुगेका छन्।
विहान दुई पटक जिल्ला प्रहरी कार्यालय पुगेका उनलाई उजुरी लिएर आउन भन्दै प्रहरीले बाहिर पठाएको हो । गणेश शाहको नाक र मुखमा चोट लागेको छ।
उनको मुखमा निलडाम छन्। तीन जनाले समातेर कुटपिट गरेपछि नगद एक हजार पाँचसहित मोबाइल फोन र झोला लिएर गएको पीडितको गुनासोपोखेका छन् ।
Discussion about this post