वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, किसान यो बर्ष पनि मारमा

बेलडाँडी,

गत बुधवार देखि लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ भने किसानको भित्त्र्उन तयार भएको बालीलानीमा नोक्सान पुगेको छ ।

लगातारको भारी वर्षाका कारण जलमग्न बेलडाँडी क्षेत्रका विभिन्न ठाउँ जलमग्न भएका छन् भने धान खेती पुरै ढुवाएको छ काटेको धान पानी ढुवानका कारण नोक्सान भएको छ ।

खेतमा पाकेर भित्र्याउन तयार धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाएर नोक्सान हुन थालेको बेलडाँडीका किसान यज्ञ राज भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार अविरल परेको पानीले काटेको धान डुवानमा पर्नुका साथै नकाटेको धान समेत क्षति हुनलागेको बताए ।

यस्तै बेलडाँडी वडा नं.१ मा झर्नाखोलाले किसानको खेतवारीमा क्षति पुर्याएको बताए । उहाँका अनुसार झर्नाखोला नियन्त्रणका लागि धेरै नेताहरुले अनुगमन गरिसकेको तर समाधान कसैले नगरेका कारण यहाँका स्थानीयहरुले बर्षेनी दुःख पाउने गरेको वहाँले बताउनु भयो ।

नियमिति बर्षाका कारण बेलडाँडीका स्थानीय बजारमा समेत प्रभाव परेको बेलडाँडीका उद्योगी प्रकाश मालीले जानकारी गराउनु भयो । उहाँका अनुसार बजारमा बर्षाका कारण मान्छे नचले पनि बजार सुनसान भएको जनाए । बर्षाका कारण सबै व्यापारीहरु घाटामा रहेका छन् ।


कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाको जनजीवनमा समेत लगातारको वर्षाका कारण प्रभावित भएका छन् । सडक यातायात सेवा पनि प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित