पत्रकार सम्मेलन गर्न गएकी उपाध्यक्ष शान्ति नाथ पत्रकारहरुले सवाल गर्दा किन भाग्न खोजिन हेनुहोस् (भिडियो)

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको आरोपको खण्डन गर्न महेन्द्रनगर पुगेकी नाथ पत्रकारले सवाल गर्दा तर्सीदै भाग्न खोजेकी छिन् ।

कञ्चनपुरका क्रियाशिल पत्रकारले उनलाई लागेको विषय सवाल गर्दा उनी जवाफ विहिन बन्दै भाग्न खोजेकी थिएइन । पत्रकार सम्मेलन आफुले आयोजना गरेकी नाथले पुराना विषयमा कुरै नर्गन भनेपछि पत्रकरले नयाँ पुराना कुरा सोध्दा उनी सम्मेलन विचबाटै भाग्न खोजेकी थिईन ।

 

बेलडाँडी गाउँपालिका वडा नं.३ कमरी टोलका १५ जनाको समूहमा गाई भैसी पालनका लागि प्रदेश भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको ७५ प्रतिशत लागत साझेदारी समुदायमा आधारीत अनुदान बाफत ४० लाख आएको थियो ।

उपाध्यक्ष शान्ति नाथले कार्यक्रम आफुले मिलाई दिएको हो र १२ लाख मिलाए बाफत हाकिमलाई दिनुपर्ने र ४ लाख आफुलाई बहिनी सम्झेर दिनु होला भन्दै घुस मागेको आरोप लागेपछि त्यसको खण्डन गर्न शान्ति नाथले विहिवार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलको आयोजना गरेका थिए सम्मेलनमा पत्रकारको जवाफ दिन नसकेर उपाध्यक्ष नाथले विभिन्न बहाना बनाउदै कार्यक्रमलाई छोट्याउन आग्रह गरे ।

उपाध्यक्ष नाथले समुहका अध्यक्षका श्रीमान हरकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेपछि जनजाती समुदायका सोझासाझा किसान आफुहरुलाई उपाध्यक्ष शान्ति नाथको जालमा पारेको बताउदै आएका थिए ।

बैंशाख २५ गते जिल्ला प्रदेशको टोली अनुगमनमा आउने बेला उपाध्यक्ष शान्ति नाथको डिजाईनमा भैंसी भाडमा ल्याएको सोझासाझा राना समुदायका कृषकले हिजो महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सो काुरा स्वीकार गरेका थिए ।

अनुगमन टोलीलाई भैंसी भाडामा ल्याएका छन् भन्ने खवर अगाडी पुगिसकेको थियो । अनुगमन समितिले बैशाख २५ गते अनुगमन गर्ने र २६ गते भुक्तानी गर्ने पहिलै कृषकलाई बताएका थिए भने यता उपाध्यक्ष शान्ति नाथले अनुगमन पास भैहाल्छ अव हाकिमहरुलाई पैसा दिनु पर्यो भनेर तुरुन्त आफ्नो बुहारी नाता पर्नेको नाममा रानाको व्याक्तिगत १२ लाखको चेक काट्न लगाईन र ४ लाख नगद भुक्तानी हुने वित्तिकै दिनुहोला भन्दै दवाव दिन थालेको आरोप छ ।

सो विषयमा आफुलाई लागेको आरोप च्यात्न पत्रकार उपाध्यक्ष नाथले सम्मेलको आयोजना गरेका थिए तर सम्मेलन बाट भाग्दा सम्मेलन हास्यास्पद बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित