बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका किनार भएर बग्ने चौधर नदीमा आएको बाढीमा वेपत्ता भएका युवकको शव नदीकै किनारमा फेला परेको छ । असार २३ गते बेलडाडी गाउँपालिका ३ वैवाह बस्ने २३ वर्षीय डम्बर चौधरी चौधर नदीमा आएको बाढीमा वेपत्ता भएका थिए ।
घरपरिवार तथा आफ्तको सहयोगमा उनको शव ५ दिने पछि २७ गते साझ चौधर खोलाको किनारमा सढेकै अवस्थामा फेला पारेको बेलडाँडी गाउँपालिका वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार चौधर नदिमा आएको बाढीले उनलाई बगाएर बेपत्ता पारेको बताए । गाउँलेहरुको सहयोगमा लगातार खोजी कार्यगर्दा उनको शब ५ दिन पछि नदी किनार सढेको अवस्थामा भेटिएको बताए । चौधरीको आज मुचुल्का उठाई दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।
Discussion about this post