रानाथारु समाजको अध्यक्षमा कमल सिह राना

नरेश राना, कार्तिक ४ । नेपाल रानाथारु समाजको अध्यक्षमा कमल सिह राना निर्वाचित भएका छन । गत २४ असोजदेखि धनगढीमा भएको नेपाल रानाथारु समाजको ७औँ महाधिवेशनबाट अध्यक्षमा राना निर्वाचित भएका हुन । त्यस अघि कोषाध्यक्षमा चन्दा किरण राना निर्बिरोध निर्वाचित भएकी थिईन ।

सहमती नभएपछि चुनावी प्रणालीबाट नेतृत्व पदाधिकारी एव सदस्य चयन गरिएको थियो । आफ्ना चार प्रतिस्पर्धीलाई भारीमतले पराजित गर्दै राना अध्यक्षमा निर्वाचित भएका हुन ।

रानाथारु निर्वाचित केन्द्रीय समितिको तथ्याङ्क अनुसार कमलसिह रानाले ३२९मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका छन । अध्यक्षका प्रतिस्पर्धी ओम प्रकास राना १०, कल्लुराम राना ५,प्रेमबती राना १, बहादुर राना, कल्लुराम रानाले ० मत पाएका छन ।

उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना निर्वाचित भएका छन । भने रामलाल, शिव नारायण राना पराजित भएका छन । कन्दलालले ३३५, डिठ्ठाले ३२७, रामलालले १४, शिव नारायणले ११मत ल्याएका छन ।

महासचिवमा तिर्थ रानाले ३१५मत ल्याएर जितेका थिए । जगदिश रानाले २६ मत ल्याए । सचिवमा साहेब राना, भजना राना निर्वाचित र हरिनारायण राना पराजित भएका छन । साहेबले २९८, भजनाले ३०२ र हरि नारायणले २१ मत ल्याएका थिए ।

सदस्यहरुमा सामु राना, २५७, सरिता राना, २७३, अम्लेस राना, २४०, गोदाबरी राना, २५३ रमिता राना(बडायक),२८५, दानसिह राना, २४३ लामनी राना, २६३ शिवचरण राना। २५९ निर्वाचित भएका छन । ०५७ सालमा स्थापना भएको रानाथारु समाजमा ७औँ महाधिवेशनमा आईपुग्दा राजनीतिक रुपमा चरम विभाजित भएको पाईन्छ ।

एमाले बाहेक अन्य दलले उम्मेदवारी दिएपनि बहिस्कार गरेका थिए । रवि राना, ओम प्रकास राना, प्रेमबती राना, रामलाल राना सहितका राना थारु समुदायका अगुवाहरुले समग्र राना समुदायको उत्थानका लागि भन्दा निहित व्यक्ति पाटीको वकालतमा लागेपछि चुनावबाट बाहिरिएको जनाएको छ । तर, चुनावमा सहभागिहरुले हार्ने भएपनि केही मान्छे बाहिरिएको आरोप प्रत्यारोप चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित