झलारी । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका स्थानीयले ढुंगा तस्करीमा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । वडा नं. ८ स्थित धारापानी खोलाबाट ढुंगा तस्करी गरि कलुवापुरतर्फ आइरहेका ५ वटा ट्याक्टरलाई बेलडाँडीका स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
स्थानीय टेक साउँदका अनुसार ढुंगा तस्करी गरिरहेका ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउने तयारी भएको छ । ढुंगा तस्करीमा संलग्न ट्याक्टर म १ त ११४४, म १ त ११४१, सुपप्र ०१००२ त ५८७४, सुपप्र ०१००२१ त ६४५८ र म १ त ११९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ ।
‘प्रहरीलाई खबर गरेका छौं,’ उनले भने, ‘ट्याक्टरहरुलाई प्रहरीको जिम्मा लगाउँछौं ।’ ट्याक्टरहरुलाई नियन्त्रणमा लिन शुक्लाफाँटा नगरपालिकाको नगर प्रहरी गइरहेको छ । ट्याक्टरलाई नियन्त्रणमा लिन गइरहेको नगर प्रहरी इन्चार्ज पदम ऐरले बताए । ‘स्थानीयले ट्याक्टरलाई नियन्त्रणमा लिएका छन्,’ उनले भने, ‘हामी त्यहाँ गइरहेका छौं ।’
सेतीकाली न्यूजबाट साभार
Discussion about this post