भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित

काठमाडौं । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथमा एक हेली एम्बुलेन्स आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। यद्यपि दुर्घटनामा कसैलाई गम्भीर चोटपटक नलागेको र सबै जना सुरक्षित रहेको पुष्टि गरिएको छ।

ऋषिकेशस्थित एम्स अस्पतालबाट बिरामी लिन गएका सञ्जीवनी हेलिकप्टर सेवा अन्तर्गतको उक्त हेलिकप्टर केदारनाथ हेलिप्याडमा अवतरण गर्न लाग्दा अचानक अनियन्त्रित भएर २० मिटर पर दुर्घटनाग्रस्त भएको हो।

हेलिकप्टरमा दुई जना चिकित्सक र एकजना पाइलट सवार थिए। दुर्घटनाको समयमा पाइलटको होसियारीका कारण हेलिकप्टरले सतहमा कठोर ठक्कर नखाई तुलनात्मक रूपमा सुरक्षित अवतरण गरेको र ठूलो मानवीय क्षति हुन नदिएको भारतीय सञ्चारमाध्यम ’दैनिक जागरण’ले उल्लेख गरेको छ।

धार्मिक स्थल केदारनाथमा बिरामीलाई उद्धार गर्न आएको हेलिकप्टर मौसम र भूगोलका कारण आपतकालीन अवतरणमा बाध्य भएको प्रारम्भिक विवरणमा जनाइएको छ। घटनापछि हेलिप्याड वरपर सुरक्षा व्यवस्था कडा बनाइएको र हेलिकप्टर सेवा प्रदायक कम्पनीले घटनाबारे छानबिन थालेको बताइएको छ।

प्रसिद्ध धार्मिक स्थल भएकोले केदारनाथमा दैनिक सयौँ भक्तजन पुग्ने गर्छन्। यस्तो संवेदनशील स्थानमा हेलिकप्टर सेवाको महत्त्व झनै बढेको छ। यद्यपि मौसम र कठिन भौगोलिक अवस्थाका कारण यहाँ यदाकदा यस्ता जोखिमहरू आइरहन्छन्।

सञ्चालित हेलिकप्टर सेवाले यस्ता दुर्घटनाबाट पाठ सिक्दै अझ सुरक्षित सेवा प्रवाह गर्ने दिशामा काम गर्नुपर्ने विज्ञहरू बताउँछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित