बाजुरा :बाजुराको बुढीगंगा नगरपालिकामा बुढीगंगा नदीले बगाउँदा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका छन्। दाउरा संकलनका लागि नदी किनारमा गएका बुढथापा बगेर बेपत्ता भएका थिए।
खोजीका क्रममा करिब एक किलोमिटर तल नदीको किनारमै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इकवाल हवारीले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।






















Discussion about this post