हरिनगरमा भिनाजुबाट सालीको गोली हानी हत्या, घटनाको कारण अज्ञात

सुनसरीको हरिनगर गाउँपालिका–५ मा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतको अररिया जिल्लाका अजात मियाँले आफ्नी साली अर्चना खातुनलाई आइतबार राति करिब २ बजे गोली हानी हत्या गरेका हुन्।

हत्या किन गरिएको भन्ने कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी उपरीक्षक  एसपी  सुमन तिम्सिनाले जानकारी दिएअनुसार अर्चना खातुन र उनकी बहिनी मात्रै घरमा बस्दै आएका थिए। आरोपी अजात मियाँ अघिल्ला दिनहरूमा पनि राति–राति आइरहने गरेको बताइएको छ।

कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

हत्या गरिएको घटनास्थलको मुचुल्का उठाइएको छ र आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित