काठमाण्डौ :नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेको छ। हाल चाँदीको मूल्य २ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। अस्ति चाँदी २ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।





















Discussion about this post