पर्वतमा पहिरोले घर पुरिँदा दम्पत्ति बेपत्ता, एक जनाको सकुशल उद्धार

पर्वत :गएरातिदेखिको लगातार वर्षाले पर्वत जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। मोदी गाउँपालिका–३ लाङ्दिमा पहिरोले घर बगाउँदा एक दम्पत्ति बेपत्ता भएका छन्।

स्थानीय छविलाल विकको घर पहिरोमा पुरिँदा उनी स्वयं र उनकी श्रीमती बेपत्ता भएका हुन्। घटनाका बेला घरमै रहेका उनीहरूलाई खोजी कार्य जारी रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

उक्त पहिरोमा परेका अर्का एक जनाको भने स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको छ।

वडाध्यक्ष क्षेत्रीका अनुसार पहिरोबाट थप क्षति हुन सक्ने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित