कञ्चनपुर-१ मा स्वच्छ निर्वाचनका लागि सर्वदलीय बैठक, भोजभतेर नगर्न कडा आग्रह

बेलौरी । सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा फागुन २१ गते बिहीबार हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न गरिएको छ।

बेलौरी नगरपालिकाको नयाँ सभाहलमा निर्वाचन अधिकृत दामोदर घिमिरेको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई सभ्य, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाले आ-आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएको छ।

बैठकमा निर्वाचन आचारसंहिता पालनाको विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले आचारसंहिता उल्लंघनका घटनाहरू केही स्थानमा देखिएको उल्लेख गर्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्।

यसैबीच निर्वाचनको समयमा कुनै पनि प्रकारका भोजभतेर तथा तडकभडक कार्यक्रम नगर्न विशेष आग्रह गरिएको छ। विशेषगरी होली पर्वको बहानामा हुन सक्ने भोजभतेर र भीडभाड नियन्त्रण गर्न सुरक्षा निकायलाई सतर्क रहन बैठकले ध्यानाकर्षण गराएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बैठकको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित