तरबुजा चोरीको आशंकामा ९ वर्षीय बालकमाथि निर्घात कुटपिट

कञ्चनपुर । तरबुजा चोरीको आशंकामा कञ्चनपुरको बेदकोट नगरपालिकामा एक ९ वर्षीय बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।

बेदकोट–५ धरमपुरमा मामा घरमा बस्दै आएका तपेन्द्र भण्डारीमाथि स्थानीय ३८ वर्षीय भोज नाथले आशंकाकै भरमा हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्।

स्थानीयका अनुसार बुधबार पोल्खरीस्थित चौधर नदी किनार क्षेत्रमा फुटबल खेल्ने क्रममा बालक नाथको करेसाबारीमा पुगेको बल लिन गएका थिए। सोही क्रममा तरबुजा चोर्न आएको भन्दै नाथले बालकलाई नियन्त्रणमा लिएर दुवै हातखुट्टा बाँधी निर्घात कुटपिट गरेका हुन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ। भिडियोमा नाथले “यसलाई मार्छु, बरु जेल जान्छु” भन्दै धम्की दिएको सुनिन्छ। बालकका आमाबाबु भारतमा रहेकाले उनको हेरचाह मामाघरकी बज्याले गर्दै आएकी छिन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेमबहादुर शाहीका अनुसार बालकमाथि कुटपिट गर्ने भोज नाथविरुद्ध ज्यान कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने बताएका छन्।

स्थानीयवासीले बालकले चोरी गरेकै भए पनि यस्तो अमानवीय व्यवहार अस्वीकार्य रहेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित