सिद्धनाथ मन्दिर समितिद्वारा एसपी खत्रीको विदाई

भाष्कर केसी/कञ्चनपुर । कञ्चनपुरको सिद्धनाथ मन्दिर सरक्षण समितिले एसपी खडक बहादुर खत्रीको सम्मान विदाई गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर सरक्षण समितिले एसपी खत्रीको सम्मान विदाई गरेको हो ।

सिद्धनाथ मन्दिर समितिका महासचिव सिके भट्टले एसपी खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मेबारीमा रहदा जिल्लाको समग्र शान्ति सुरक्षाका क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै सम्मान एव विदाई गरेको बताए ।

उनका अनुसार एसपी खत्रीलाई प्रमाण पत्र, मायाको चिनोदेखि दोसल्ला ओढाएर सम्मान गरिएको छ । एसपी खत्रीको विभिन्न संघ संस्थादेखि कार्यालयहरुले सम्मान विदाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित