कञ्चनपुर, ५साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरमा एकसाथ छापा हानेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले मंगलबार कैलाली डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरमा एकसाथ छापा हानेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी चेतराज भट्टले कैलालीका ११सामुदायिक वनमा अनियमित र अवैध रुपमा खडा हरिया खयरका रुख कटानी गरेर बिक्रि वितरण गर्न खोजिएको भन्ने उजुरीका आधारमा कैलालीका दुवै डिभिजन वन कार्यालयमा छापा हानेको बताए ।
उनका अनुसार दुवै डिभिजन वन कार्यालयबाट आवश्यक कागजात समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा परेको उजुरीमा डिभिजन वन कार्यालय धनगढी अन्र्तरगत रहेको बारावन साझेदारी वन उपभोक्ता समितिको १लाख, ८६ हजार क्युफिट, केदारेश्वर सामुदायिक वन उपभोक्ता समितिको ३६ हजार क्युफिट गरेर जम्मा दुई लाख २२ हजार क्युफिट काठ बिक्रि वितरण गर्न खोजिएको उल्लेख गरिएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत छत्युन सामुदायिक वनको १८हजार, मोहन्यालको १२ हजार, जगतपुरको ७ हजार, साडेपानीको ७ हजार, मैनापोखरीको २३ हजार, शिवशक्तिको ८७हजार, गतिशिलको १२ हजार, जनताको १८ हजार, घोडाघोडीको १९हजार क्युफिट गरेर जम्मा १लाख, २३ हजार क्युफिट काठ बिक्रि वितरण गर्न खोजिएको छ ।
कैलालीका ११सामुदायिक वनको तीन लाख, ४५ हजार क्युफिट अवधै काठ बिक्रि वितरण गर्न अनुमती लिईएको उल्लेख गरिएको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुर र डिभिजन वन कार्यालय पहलवानपुरका प्रमुख जनक पाध्यायको मिलोमतोमा १अर्ब ३करोड, ७१लाख भन्दा बढी मुल्य पर्ने काठको अवैध र अनियमित कटानी, मुछान, घाटगदी र लिलाम पर्ने प्रपञ्च रहेको दावि गरिएको छ ।
गोप्य सूचना टाँस गरेर सेटिङ्गमा मोटो रकम भ्रंष्टाचार गर्न खोजिएको भन्दै सुदूरपश्चिम प्रदेश सभा अन्र्तरगतको अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिले समेत स्थलगत निरीक्षण गरेर अवैध र अनियमित रुपमा बिक्रि वितरण गर्न लागेको यति ठुलो परिमाणको काठमा अनियमितता भएको हुनसक्ने देखिएको हुँदा छानबिन टुङगो नलाग्दासम्म लिलाम प्रकृया बिक्रि रोक्न भनेको विषय उल्लेख गरिएको छ ।
अख्तियारमा २५ असार ०८३ मा परेको उजुरीमा समेत कैलालीका दुवै डिभिजन वन धनगढी, पहलवानपुरका प्रमुखद्वय रामविचारी ठाकुर, जनक पाध्याय सहितका वन कर्मचारीका माथि छानबिनको माग अघि सारिएको छ ।
अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिका सभापति घनश्याम चौधरीले समितिमा गत जेठमा उजुरी पाएपछि स्थलगत अनुगमन गरिएको बताए । ‘हाम्रो समितिले पनि सबै वनमा स्थलगत अनुगमन गरेका छौँ, त्यसपछि हामीले तत्तकालका लागि रोक्न वन मन्त्रालयलाई निर्देशन दिएका थियौँ, ‘उनले भने, ‘उक्त वनहरुमा कैफियत देखिएकै कारण हामीले तत्तकालन बिक्रि वितरण रोक्न लगाएको हो ।’
उनका अनुसार नेपाल कम्युनिष्ट पाटी(नेकपा)का ससदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको र उक्त समितिको प्रतिवेदन केही दिनमै आउने बताए ।
डिभिजन वन कार्यालय कैलाली धनगढीका प्रमुख रामविचारी ठाकुर जहाँ जाँदा समेत यस्तै वाद विवादमै पर्दै आएका छन ।
यस बारेमा डिभिजन वन कार्यालय कैलाली धनगढीका प्रमुख रामविचारी ठाकुरसंग सम्पर्क गर्दा खोज्दा उनीसंग सम्पर्क भएन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त खयरको काठ बिक्रि वितरण बारे सुक्ष्य रुपमा अनुसन्धान अघि बढाईएको जनाएको छ ।





















Discussion about this post